ताजा अपडेट »

सुन ताेलाको ९७ हजार पुग्याे

मंगलबार, १० फागुन २०७८

काठमाडौँ । नेपाली बजारमा सुनकाे भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी ताेलाकाे एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।