ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा टिप्पर र स्कूटी ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

सोमबार, ०९ फागुन २०७८

बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका– ११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिपर र लु ३६ प ९८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका बनकट्टी बस्ने ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक सोही नगरपालिका बनकट्टी बस्ने ३२ वर्षीय यादव प्रसादको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।