बुटवल । रुपन्देहीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमसतीया गाउँपालिका–६ का २० वर्षीय ईन्सास अली रहेको प्रहरीले जनाएको छ ।
ती युवाले १८ वर्षीया किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया