ताजा अपडेट »

बैतडीमा टिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु

सोमबार, ०९ फागुन २०७८

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट टिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो ।

उक्त टिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ । 

दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् । ।