काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो ।
उसका लागि नवनीत धालिवालले १८, डिलन हेलिगरले अविजित २४, र रयान पठानले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । क्यानडालाई सस्तैमा समेट्न नेपाली कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे ।
उनले ४ ओभरमा १२ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, अविनाश बोहराले दुई/दुई र कुशल मल्लले एक विकेट हात पारे । नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।
प्रतिक्रिया