बुटवल । नेकपा एकिकृत समाजवादीले बुटवल उपमहानगरपालिका–३ कमिटीले आँखा शिविर कार्यक्रम गरेको छ । वडा नं. ३ कमिटीले गोलपार्कमा सोमबार र मंगलबार निःशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको सोमबार बिहान कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले उद्घाटन गरेकी छिन् । सो आँखा शिविरबाट ५०० जना भन्दा धेरैलाई सेवा दिने लक्ष्य रहेको पार्टीका वडा नम्बर ३ का अध्यक्ष एवं कार्यक्रम संयोजक ऋषि बस्यालले जानकारी दिए । आँखा शिविर कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको लागि आवश्यकता अनुसार निःशुल्क चस्माको व्यवस्था गरिने कार्यक्रम संयोजक बस्यालले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अध्यक्ष चिनबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य उमेश अधिकारी लगायतका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।
प्रतिक्रिया