ताजा अपडेट »

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

सोमबार, ०९ फागुन २०७८

काठमाडौँ । सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । 

आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा  कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ  । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।