कार्तिक २०,
ग्लोबल आवाज
अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा आज भएको कार दुर्घघना परी मृत्यु हुने तीनै जना एकै परिवारको भएको पुष्टि भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं.६ दहखोलामा बा १७ च ६९ १७ नम्बरको कार दुर्घटनामा परी पाणिनि गाउँपालिका वडा नं.८ घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ८० वर्षका दुर्गादेवी खड्का र उनका छोराहरु वर्ष ४३ का भक्तबहादुर खड्का र ३९ वर्षका तिलबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ । दुर्घटनामा परी गाडि चालक ४९ वर्षका गंगाबहादुर खड्का र २५ वर्षका विनोद खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाईएको छ । गंगाबहादुर पनि दुर्गादेबीका छोरा र बिनोद नाति रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया