भैरहवा । गौतम बुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा क्यालिब्रेशन फ्लाईट भएको खुशीयालीमा आईतबार भैरहवामा दिपावली भएको छ । नेपाल जनता पार्टी रुपन्देहीले क्यालिब्रेशन फ्लाईटले बिमानस्थल सञ्चालनको बाटो खोलिदिएको बताउदै खुशीयाली मनाएको छ ।
पार्टीले एक कार्यक्रमको आयोजना गरि भैरहवाको मिलनचोकमा दिप प्रज्वलन गरेको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले क्यालिब्रेशन फ्लाईटले यस क्षेत्रको आर्थिक विकासको बाटो खोलेको बताए । एरो थाईको विमान संगै भैरहवामा अन्र्तराष्ट्रिय विमान अवतरणको सिलसिला सुरु भएको उनिहरुको जिकिर रहेको थियो ।
नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष चन्द्रभान तिवारीले भैरहवामा अन्र्तराष्ट्रिय बिमानस्थल सुरु हुनु समग्र जिल्लावासीको लागी गौरवको कुरा भएको बताउदै त्यसैको खुशीयालीमा दिपावलीको आयोजना गरेको बताए । उनले समग्र जिल्लालाई यसले हर्षित बनाएको बताए ।
नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष चन्द्रभान तिवारीको अध्यक्षता पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष लालमन साहको प्रमुख आतिथ्यातामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष शैलेन्द्र सिंह क्षेत्री, नेपाली कांग्रेसका पूर्व क्षेत्रिय उपाध्यक्ष श्रीराम गुप्ता, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सियाराम यादव, कालन ब्यवसायी आकाश शुक्ल, नेपाल जनता पार्टीका प्रदेश उपाध्यक्ष शत्रुघन पण्डित, संगठन मन्त्री शेष नारायण शुक्ल लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश प्रवक्ता अमरकान्त झाले गरेका थिए ।
प्रतिक्रिया