ताजा अपडेट »

किन बढ्दै छ मिटर व्याजको कारोबार ?

आइतबार, ०८ फागुन २०७८

काठमाडौं । अहिले नेपालमा मिटर व्याजी एउटा प्रथा जस्तै देशभर फैलिएको छ । यो गैरकानुनी कारोबार हो । सबैलाई थाहा भए पनि कारोबार गर्नेको कमी नरहेको पूर्व डिआइजी हेमन्त मल्लले बताए। उनका अनुसार यस्ता मिटर व्याजीहरु समातिए अनुसन्धान होइन अहिलेसम्म मिलाउने चलन रही आएको छ । जुन बाहिर आएको पैसा हुन्छ त्यसको अनुसन्धान हुनुपर्ने हुन्छ । त्यो भएको छैन ।

‘यो घुस खाको पैसा हो या कालो धन हो,’ उनले भने यसका लागि राजस्व कार्यालय, कर कार्यालय र केही हक प्रहरीलाई पनि रहेकाले यसको व्यापकरुपमा सोर्स खोज्न जरुरी हुन्छ ।’ यसले माथिल्लो निकायका मानिस संलग्न छन् भने भोलिका दिनमा यस्ता कार्य गर्न डराउनुपर्ने हुन्छ ।

यस्ता सजिला गतिविधि रहिरहे भोलिका दिनमा बद्मासी गर्नेले अझ गर्ने मौका पाउने हुन्छ । यो सरकारको मापदण्ड विपरीत रहेकाले उचित नरहेको उनको बुझाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार मिटर व्याजी कारोबार गर्ने जो कोहीलाई उच्च जोखिम हुन्छ । जोखिम मोलेर पनि मानिसले यसलाई आफ्नो आय आर्जनको बाटो बनाएका छन् । यस्ता रुपियाँ धेरैजसो कालो धन रहेको उनले बताए । जुन अरु कारोबार गर्दा सो गर्नुपर्छ भने यसमा लगानी गर्दा देखाउन नपर्ने हुन्छ ।

देखाउनुपर्ने नभएपछि करको दायराभन्दा बाहिर हुन्छ । जस्ले प्रत्यक्षरुपमा सरकारको कुनै आर्थिक गतिविधिमा असर भने गर्न नसक्ने उनले बताए । ‘ मिटर व्याजी नितान्त गैरकानुनी कारोबार हो, यसले सरकारको आर्थिक गतिविधिमा प्रत्यक्ष असर गर्दैन तर कालो धन बाहिर ल्याउने एउटा बाटो भने हो,’ पूर्व गभर्नर क्षेत्रीले भने । लुकाएर राखेको पैसा काम लाग्दैन । काम लगाउन पैसा चलायमान बनाउनुपर्ने हुन्छ । घण्टा, दिन महिना जस्तो छोटो समयका लागि चर्को व्याज लगाउने र समयमा तिर्न नसके सोही अनुसार व्याज बढाउँदै लाने कारोबार नै मिटर व्याज हो ।

लगानी गर्नेलाई पनि जोखिम
लगानी गर्नेलाई पनि जोखिम हुने डिआइजी मल्लले बताए। ‘लगानी गरेपछि आउने कि नआउने डुब्ने पनि हुन्छ,’ उनले भने,‘त्यसकारण यसको सोर्स अनिवार्य पत्ता लागउनुपर्ने हुन्छ ।’ उनका अनुसार जुन गर्नुपर्ने डिल हो । राम्रो भएन । कर्मचारी प्रशासनले गर्ने जुन बद्मासी छ । सधैँ रहिरहने हुन्छ । कहिले पनि नियन्त्रणमा आउँदैन ।

अहिले घरजग्गा जोड्न घुस
डिआइजी मल्लका अनुसार पहिले र अहिलेको घुस खाने प्रकृति फेरिएको छ । पहिले मानिस आफ्नो पेटको लागि हजार रुपियाँ घुस लिन्थे । अहिले घर–जग्गा जोड्नका लागि लाखौँ–करोडौँ घुस खान्छन् । त्यो पनि आकाश जमिनको फरकमा । त्यत्रो पैसा कहाँ राख्ने रु कसरी सार्वजनिक गर्ने ? भन्ने घुस खानेलाई पनि एक किसिमको तनाव हुन्छ । ‘ पञ्चायतकालमा पनि खान्थे तर अहिले धेरै ठूलो खाना थाले,’ उनले भने,‘ पहिले रासन खाएको तिर्नलाई खान्थे, अहिले घर–जग्गा जोड्नलाई घुस खान्छन् ।’ अहिले घुसको लेवल धेरै माथि रहेकाले सोर्स पत्ता लागउन नसके सामास्या जिउका तिउ सधैँ रहिरहने उनको भनाइ छ ।

के गर्दैछ सम्पत्ति सुद्धीकरण विभाग?
सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोदकुमार दाहालका अनुसार विभागमा सूचना, जानकारी वा उजुरी आएमा अनुसन्धान गरी कारबाही हुन्छ । कुनै पनि माध्यममा आएको सूचना वा पत्रिकामा छापिएको सूचनालाई जानकारीको रुपमा ग्रहण गरेर अनुसन्धानको रुपमा काम गरिरहेको उनले बताए ।

सूचना अधिकारी दाहालले भने,‘ कसैले औपचारिक रुपमा उजुरी पेश गरेमा वा मिडिया, सामाजिक सञ्जालजस्ता संचारमा आएको सूचनालाई हामीले स्रोतको रुपमा लिएर अनुसन्धानको प्रक्रियामा लान्छौं ।’ घुस खाएको पैसा मिटर व्याजमा लगानी गरेको भन्ने छुट्टै सूचना अहिलेसम्म विभागमा नआएको उनले जिकिर गरे ।

मिटर व्याजीलाई सजाय
मिटर व्याजी समातिएमा सात वर्षसम्म जेल र ७० हजारसम्म जरिवाना हुने कानुनी प्रवधान रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका उप निर्देशक, प्रवक्ता एवं सूचना अधिकारी (प्रहरी उपरीक्षक)श्यामकुमार महतोले बताए।

उनका अनसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५२ र २५३ मा विभिन्न कानुनी प्रवधान छन् । त्यसमा आपराधिक मनसायले अरुको संपत्ति कब्जा वा उपयोग गर्नु हुँदैन भनिएको छ । नजायल लाभ लिन हुँदैन भनेको छ । समान्यतः मिटर व्याजीलाई अहिले नयाँ कानुनअनुसार आपराधिक मनसायले वा लाभ लिन नहुने, जोर जबर्जस्ती गर्न नहुनेमा कारबाही गरिरहेको उनले बताए ।-गोरखापत्र