गुल्मी । नेपाल सरकारका पुर्वमुख्य सचिव लिलामभणी पौड्यालको पहलमा बिश्व विख्यात चिनिया कलाकार ज्याकी चनको संस्थाले नेपालमा १० लाख थान मास्क र कोरोना बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । त्यसमध्ये चिनका लागि पुर्व नेपाली राजदुत समेत रहेका पौड्याले गृह जिल्ला गुल्मीका लागि एक लाख थान मास्क छुट्टाएर जिल्लाका केहि माध्यामिक विद्यालयहरुलाई यति बेला वितरण गर्दै आएका छन् भने केहि स्वास्थ्य चौकीहरुलाई कन्सलटेटर मेशिन समेत वितरण गरेका छन।
उनले आफ्नो जन्म थलो रुरु क्षेत्र गाउँपालिकाका सबै माध्यालयलाई प्रयाप्त मास्क वितरण गरेका छन् । सो गाउँपालिकाका माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीका अनुसार फागुन ४ गते देखि चिनका लागि पुर्व नेपाली राजदुत समेत रहेका पौड्यालले शुक्रबार पनि चन्द्रकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयलाई १० हजार थान मास्क वितरण गरेका छन् । शुक्रबार नै पौड्यालले मुसिकोट नगरपालिका वडा नम्वर ३ चौरमा रहेको जनजागृति माविलाई एक हजार थान मास्क पठाएका छन् ।
त्यस्तै सोही वडाको बढागाउँ स्वास्थ्य चौकीलाई एक थान एक्सीजन कन्सलटेटर मेहिन पठाएका छन् । थप एक हजार मास्क अन्य विद्यालयलाई वितरण गर्न लागिएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मुसिकोट नगर कमिटीका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए । पुर्व मुख्य सचिव र्पौड्यालले रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय रानीवास, ज्ञवा माध्यमिक विद्यालय बलेटक्सार, रिमुवा माध्यमिक विद्यालय, ग्वादी माध्यमिक विद्यालय, रिडी माध्यमिक विद्यालय छुट्टाछुट्टै, रूरू संस्कृत तथा साधारण माध्यमिक विद्यालय र राष्ट्रिय मावि थोर्गाका, शिक्षक, विद्यालय ब्यवस्थापन समितिहरूको उपस्थितिमा विद्यार्थी, शिक्षक र स्वास्थ्य स्वयमसेविकाहरूकालागि मास्क र विभिन्न वडा स्वस्थ्य चौकीहरुलाई अक्सिजन कन्सन्ट्रेटरहरु वितरण गरेका छन् ।
स्वास्थ्य समाग्री विरण समारोहलाई सम्वोधन गर्दै पौड्यालले चीनीयाँ जनताले नेपाली जनतालाई उदारता र हार्दिकतापूर्वक दिएका स्वस्थ्य सामग्री जिल्लावासीका लागि बोकेर आफू पटकपटक आप्नो जन्म थलोमा आई रहेको र यसपटक चीनका विश्वविख्यात कलाकार ज्याकी चनको बेइजिङ स्थित बौद्धिक संस्था छाहार अध्यन केन्द्र मार्फत नेपाली जनतालाई उपहार दिएको १० लाख थान मास्क मध्ये गुल्मीमा विद्यालयकालागि १ लाख थान मास्क र चिनीया जनताले दिएका छ थान अक्सिजन कन्सन्टेटर लिएर गुल्मी वितरण गर्न आएको जानकारी दिए ।
उनले भने–‘पुरानो मैत्री सम्बन्ध भएको छिमेकी मित्र राष्ट्र चीन नेपालको सुखदुखको साथी भएको र नेपाललाई कोरोना महामारीसंग लड्न सबैभन्दा बढी खोप तथा स्वास्थ्य सामग्री दिने मुलुक पनि हो ।’ उनले चिनीया जनताको उदार सहयोग गरेको भन्दै कृतज्ञता जाहेर पौड्यालले चीनीया जनताको सहयोग लिएर आफु गत एक एक वर्षमा जिल्लामा तेश्रो पटक भएको बताए ।
चिनबाट नेपाल आएका करोडौंको स्वास्थ्य सामग्री गृह जिल्लामा वितरण गर्न संयोजन गर्दै आएका माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीलाई धन्यवाद दिए । हालसम्म पुर्व मुख्य सचिव पौड्यालले चिनबाट १० टन भन्दा बढि कोरोना बिरुद्धको स्वास्थ्य सामग्र भित्राएर गृह जिल्ला सहित लुम्विनी प्रदेश र अन्य जिल्लामा समेत वितरण गर्दै आएका छन् ।
प्रतिक्रिया