कार्तिक २०,
ग्लोबल आवाज
काठमाडौँ । बलिउडका चर्चीत दुई अभिनेता संजय दत्त र अर्सद वार्सी पुनः एक फिल्ममा देखिने भएका छन् ।यी दुई अभिनेताले काम गरेको फिल्म मुन्ना भाइ एमबिबिएसको तेस्रो संस्करण आउने हल्ला चलिरहँदा अर्को एउटा फिल्ममा पनि उनीहरु देखिने भएका छन् । साजिद फरहादले निर्माण गर्न लागेको फिल्ममा यी दुई अभिनेताहरुले काम गर्न लागेको हुन् । मिडिया रिपोर्टका अनुसार यस फिल्ममा संजयले दृष्टिबिहिन डनको भुमिकामा देखिँदैछन् भने उनको सपोर्टमा अर्सद देखिँदैछन् । यो फिल्म अप्रिल २० सम्म फ्लोरमा जाने बताइएको छ ।
प्रतिक्रिया