कपिलवस्तु । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तिहाद संगठनको कपिलवस्तु जिल्लाको पाचौं अधिवेशनबाट अध्यक्ष पदमा मोहमद वसीम मुसलमान लगायत ७१ सदस्यीय समिति गठन भएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले कपिलवस्तु का अध्यक्ष डम्मर शर्माले मुस्लिम समुदायको लागि नेकपा एमाले पार्टीले निरन्तर रुपमा काम गर्दै आएको बताए । नेपालको विकास गर्नको लागि र आम जनताको हकअधिकारको लागि काम गरिरहेको छ । २०७९ साल बैशाख महिना हुन गइरहेको स्थानीय चुनाव नेकपा एमाले पार्टी एक नम्बरको पार्टी बन्ने छ । नेपाल भरि रहेका दलित, जनजाति, मधेसी, पिछडा वर्ग र मजदुरहरुलाई अगाडि बढाउनको लागि नेकपा एमाले पार्टी लगेको छ ।
जिल्ला को सदरमुकाममा नेकपा एमाले पार्टीको जिल्ला कार्यालयमा नेपाल मुस्लिम इत्तिहाद संगठनका वरिष्ठ उपाध्यक्ष मौलाना नियाज अहमद को अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम इत्तिहाद संगठन को अध्यक्ष सराञ अहमद मुरुकी को प्रमुख आतिथ्यतामा कपिलवस्तु जिल्ला को ७१ सदस्यीय कार्यसमिति निर्माण भएको हो । त्यसै गरी उपाध्यक्ष अकबाल अहमद दर्जी, सचिव अनवर मोहमद, सहसचिव सम्सुदिन नाउ, एहतेशाम खातुन, कोषाध्यक्ष मौलाना वसीम खान लगायत ७१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले को केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तिहाद संगठन को सह इन्चार्ज सजिदा सिद्विकी, बाबुराम खनाल, नेपाल मुस्लिम इत्तिहाद संगठन का केन्द्रीय सचिवालय सदस्य मैराज मुसलमान, हुसेन चौधरी, अब्दुल मावुद खान, निजामुद्दिन खां, रुकैया खातुन र हविवुल्लाह खान लगायत कपिलवस्तु जिल्लाको सबै स्थानीय तहको मुसलमानहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया