बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले भुमिकास्थान नगरपालिका–३ मा अवस्थित श्री गौरी आधारभुत विधालय शिख्रमा ‘न्यानो माया अभियान’ अन्तर्गत ट्राउजर, सुईटर, मोजा, टोपी लगाएतका चीसोका पोसाकहरु शिसु कक्षा देखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीहरुलाई वितरण गरेको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाकै अध्यक्ष पारस मरासिनिको अध्यक्षता, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाको प्रमुख आतिथ्यता र वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण बन्जाडे, वडा नं ४ का वडा अध्यक्ष र सोही बिधालयका ब्यावस्थापन समितिका अध्यक्ष हरि प्रशाद पोख्रलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो भने संस्थाकै द्वितीय उपाध्यक्ष श्री लक्ष्मि केसिले स्वागत मन्तब्य राखेका थिए।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मरासिनीले आउँदा दिनहरुमा पनि भुमिकास्थान नगरपालिका सँग सहकार्य गरि यसरी नै सहयोगमा जूट्ने प्रतिबद्धता जनाउनु भएको थियो भने प्रमुख बक्तको रुपमा बोल्दै भुमिकास्थान नगरपालिका प्रमुखले पहिलो पाहिलाले यसरी सहकार्य गर्दै कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे आउँदा दिनहरुमा बिपन्न अन्य वडाहरुमा पनि हातेमालो गरेर सहकार्य गर्ने बताए।
स–सानो रकमहरुबाट नै ठूलो रकम जुट्यार यसरी विद्यालयमा सहयोग गर्दा कसैको भविष्य निर्धारण हुने हुदा सहयोगको सधै आवश्क हुने बताए । उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुले आ–आफ्ना भनाई राखेका थिए। उक्त कार्यक्रमको संयोजक सस्थाकै सदस्य सन्तोश बन्जाडेले लिएका थिए भने सस्थाकै सह-सचिव रमेश पछाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया