ताजा अपडेट »

लैङ्गिक समानता र समाजिक समावेशीकरणमैत्री बजेट निर्माणमा जाेड

शनिबार, ०७ फागुन २०७८

बुटवल । तीन दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । रुपन्देहीको छपियामा आयोजना गरिएको तालिमको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले शुभारम्भ गरेकी हुन्।

कार्यक्रमको अध्यक्ष समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले नगरपालिकाले विगतका दिनमम पनि निरन्तर महिला समावेशिकरका साथै विभिन्न प्रकृतिको समावेसीकरणको लागि काम गरेको जानकारि दिँदै आगामी दिनमा बन्ने बजेटमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका मुद्दा प्राथमिकताका साथ समावेश हुने बताइन् । उनले खासगरि योजना निर्माणमा अधितम समावेशीकरणमा जोड दिएको जानकारि दिदै यसले गर्दा नगरको समावेशी विकासमा ठोस योगदान पुगेको बताइन्।

कार्यक्रममा बोल्दै उपप्रमुख आचार्यले भौतिक विकाससंगै लैंगिक समावेशी विकासमा नगरपालिकाले विशेष जोड दिइएको बताइन् । उनले भनिन् 'हामीले भौतिक विकाससंगै समाजिक उत्थानको काममा विशेषा जोड दिएका छौं।' नगरकार्यपालिका सदस्य विष्णुदेवि शर्माले तालिम शुभारम्भको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका लैंगिकमैत्री नगरतर्फ उन्मुख भएको बताइन्।

बुटवल उपमहानगरपालिका का विभिन्न महाशाखा प्रमुख तथा प्रतिनिधि, नगर कार्यपालिका सदस्य सहित ४० जनाको सहभागीता रहेको थियो ।
बुटवल उपमहानगरपालिका महिला उत्थान समितिका सह संयोजक ज्ञानु केसी र सदस्य टीका ओली समेत कार्यक्रममा सहभागी रहेका थिए ।
कार्यक्रममा लैगिंक शुसासन विज्ञ छायाँ दाहालले सहजिकरण गरेकी थिइन्।

तालिमको दोस्रो दिन बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले नगरपालिकाले ठोस रुपमा समावेशी र लैङ्गिक समानताको विषयमा काम गर्दै आएको जानकारी गराउदै आगामी दिनमा निर्माण हुने बजेटमा समावेशिता र सामाजिक समावेशिकरण क्षेत्रमा विशेष ख्याल गरिने बताए। दिर्घकालिन रणनितिक योजना तथा विकासमा नगरपालिकाले विशेष योजना निर्माण गर्ने उनको भनाई थियो ।

कार्यशालामा विभिन्न ६ वटा समूह निर्माण गरि लैगिक समानता तथा समावेशीकरण सम्बन्धि छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकासशाखा प्रमुख तुलसा अर्यालले गरेकी थिइन् । कार्यक्रम युकेएड, नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्राम, सुदृढ परियोजना र फेरमेडको आर्थिक तथा प्राविधिक सहयोग र बुटवल उपमहानगरपालिका को आयोजनामा भएको थियोे।