काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीले सत्ता गठबन्धनको आयु बढीमा १ वर्षको भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। यहि प्रसंगमा उनले सत्ता गठबन्धनलाई पानी मुनी गएर भएपनि ठेगान लगाउने बताए ।
उनले रामायणको रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने, ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’
गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे। ओलीले आफूहरुलाई न्याय सर्वोच्च अदालतबाट नमिल्ने भन्दै जनअदालतबाट फैलासला गर्ने बताए। उनले त्यसको लागी कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि निर्देशन गरेका छन् ।
प्रतिक्रिया