ताजा अपडेट »

गौतमबुद्ध एयरपोर्टमा नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्छौं : मन्त्री आले

शनिबार, ०७ फागुन २०७८

भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन् ।

शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान सुरु गर्ने बताएका हुन् ।

परीक्षण उडानपछि विमानस्थल उद्घाटनको तयारी समेत गर्ने उनको भनाइ छ। बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बिहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनले बताएका छन् ।

टर्मिनल भवन टी–२ को लागि अर्थमन्त्रीसँग कुरा भएको जानकारी दिदै उनले टी–२ को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् ।