काठमाडौँ। कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो। तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।
तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए। राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए ।
महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए। तर, लिङदेनले सो विषयमा कुनै चासो नदिएपछि थापाले नयाँ पार्टी गठन गरेका हुन् ।
प्रतिक्रिया