बुटवल । रुपन्देहीको तिलोत्तमाका युवा क्रिकेटर कुशल भुर्तेलले आफ्नो खेलमा ईतिहास रचेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेलले आज शनिबार फिलिपिन्सविरुद्ध भएको खेलमा सानदार शतक प्रहार गरेका छन्
उनले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । उनी नेपालबाट टि–२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । कुशलले ९७ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका थिए । कुशलले ६१ बलमा १३ चौका र एक छक्कासहित नटआउट १०४ रनको योगदान गर्दै अविजित रहे । यसअघि टी–२० मा पूर्वकप्तानद्वय पारस खड्का (अविजित १०६) र ज्ञानेन्द्र मल्ल (१०७) ले शतक बनाइसकेका छन् ।
मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा शनिबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको छ ।
फिलिपिन्सविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि शानदार पारी खेले । उनले ४७ बलमा ६ चौका र ४ छक्कासहित ९३ रन बनाए । आसिफ शेख शून्य र कुशल मल्ल ११ रनमा आउट भए ।
लोकेश बम ६ रनमा अविजित रहे । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले विवेक यादव र कमलसिंह ऐरीको स्थानमा गुल्शन झा र कुशल मल्ललाई प्लेइङ–११ मा मौका दिएको हो ।
गुल्शनको यो डेब्यू टी–२० म्याच हो । शरद भेषवाकर घाइते भएका कारण रिजर्भ खेलाडीको रूपमा टोलीमा समावेश भएका कुशलले प्लेइङ–११ मा समावेश भएका हुन् । पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो ।
प्रतिक्रिया