कार्तिक २०,
ग्लोबल आवाज
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले भारतीय कम्युनिष्ट पार्टी (माओवादी) लाई विश्वका खतरनाक आतंकवादी संगठनको सूचीमा छैटौं स्थानमा राखेको छ। साथै भारत आतंकवादीबाट नराम्ररी प्रभावित हुने देशहरुमा चौथो रहेको पनि अमेरिकी विदेश मन्त्रालयको एक रिपोर्टमा उल्लेख गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी रिपोर्टमा भाकपा (माओवादी) माथि सन् २०१८ मा आतंकवादी घटनामा ३११ मानिसको हत्या गरेको आरोप पनि लगाइएको छ। भारतीय गृह मन्त्रालयको आँकडाअनुसार भने माओवादी २४० हत्या र ८३३ हिंसाका घटनामा संलग्न भएको उल्लेख छ। रिपोर्टमा विश्वका अन्य शीर्ष ५ आतंकवादी संगठनमा तालिबान, इस्लामि स्टेट (आइएस), अल शबाव (अफ्रिका), बोको हराम (अफ्रिका) र कम्युनिष्ट पार्टी अफ फिलिपिन्स राखिएको छ।
प्रतिक्रिया