ताजा अपडेट »

आज पहिलोपटक फिलिपिन्सविरुद्ध खेल्दै नेपाली क्रिकेट टाेली, ओमानमा अभ्यास (फोटोफिचर)

शनिबार, ०७ फागुन २०७८

ओमान । ओमानमा जारी चार देशीय टी ट्वान्टी शृंखलामा सहभागी नेपाली टोली खेलअघि अभ्यास गर्दै छ । शुक्रबार भएकाे खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेकाे थियाे ।

आज नेपालले फिलिपिन्सविरुद्ध खेल्दैछ । नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ देखि सुरु हुनेछ । नेपाल अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा फिलिपिन्सविरुद्ध पहिलोपटक खेल्न लागेकाे हाे । नेपाल पहिलो भेटमै फिलिपिन्सलाई हराउन चाहन्छ । फिलिपिन्स नेपाललाई स्तब्ध पार्ने योजनामा हुनेछ । पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएकाले नेपाल उच्च आत्मविश्वासका साथ फिलिपिन्सविरुद्ध मैदान उत्रिनेछ । ऊ पहिलो खेलमा क्यानडासँग ११८ रनले पराजित भएको थियो ।

जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । तुलनात्मकरूपमा फिलिपिन्स नेपालभन्दा कमजोर टोली हो । फिलिपिन्सविरुद्ध नेपालले केही खेलाडी परिवर्तन गर्न सक्छ । क्यानडासँगको खेलमा फिट कायमै रहनका लागि नेपालले फिलिपिन्सविरुद्ध केही खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको हो ।