ताजा अपडेट »

दुबई हिँडेका ३५ जनालाई अध्यागमनले रोक्यो

शुक्रबार, ०६ फागुन २०७८

काठमाडौँ। कलाकार भएको भन्दै सांस्कृतिक कार्यक्रमका लागि दुबई हिँडेका ३५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोकेको छ। काठमाडौँको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट टुरिस्ट भिसामा दुबई जान लागेका उनीहरुको यात्रा शंकास्पद लागेपछि अध्यागमन कार्यालयले रोकेको हो ।

उनीहरु फ्लाई दुबइको एफजेड–५७२ नम्बरको उडानबाट शुक्रबार दुबई जान लागेका थिए। गृहमन्त्रालयले तोकेको कागजपत्र र दुबईस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन लेटर’ समेत नभएपछि विभागले उनीहरुलाई रोकेको हो ।

पछिल्लो समय मानव तस्करहरु सक्रिय भएको भन्दै गृह मन्त्रालयले ‘भिजिट भिसा’मा अध्यागमन कार्यालयलाई कडाइ गर्न निर्देशन दिएको छ। सो भिसामा विदेश जानैपरे मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड पनि लागू गरेको छ ।