गुल्मी। आगामी निर्वाचनलाई कम खर्चिलो , स्वतन्त्र र निष्पक्ष बनाउन शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रमका सहभागि सरोकारवालाले जोड दिएका छन् । छैठौं निर्वाचन दिवस–२०७८ को अवसरमा जिल्ला निर्वाचन कार्यालय गुल्मीले आयोजना गरेको अन्तरकृया कार्यक्रमा सहभागि सरोकारवालाले यस्तो कुरामा जोड दिएका हुन् । नागरिक समाजका अगुवा पदम प्रसाद पाण्डेले भने–‘निर्वाचन स्वच्छ , स्वतन्त्र बनाउन निर्वाचन प्रणालीमा भएका ब्यवस्थाहरुलाई पुनरबिचार गर्नु पर्ने, निर्वाचन स्वच्छ बनाउनलाई कम खर्चिलो कम भड्किलो बनाईनु पर्छ ।’
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासीनीले निर्वाचन स्वच्छ , निष्पक्ष र स्वतन्त्र बनाउन कर्मचारीहरु प्रतिबद्ध रहेको र भई राख्ने बताए । प्रहरी नायव उपरिक्षक माधव प्रसाद खरेलले भने–‘ निर्वाचन स्वच्छ निष्पक्ष र स्वातन्त्र बनाउने पहिलो सर्त हो शान्ति सुरुक्षा । सुरक्षा ब्यवस्थालाई चुस्त बनाउनका लागि तालुकदार निकाय प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको प्रकृया अगाडी बढाई सकेको छ । बाँकी सुरक्षा संयन्त्र बलियो बनाउन हामी पुर्णरुपमा प्रतिबद्ध छौं । ’
कार्यक्रमा नेकपा एमालेका कार्यालय सचिव तथा नेता गणेश श्रेष्ठले पनि निर्वाचन कर्म खर्चिलो बनाउनु पर्नेमा जोड दिदैं निर्वाचन आयोगले जिङ्गल लगायतका प्रचार सामग्रीहरु बेलैमा बढाई आगमी स्थानीयत तहको निर्वाचनको माहोल तात्ने सुझाव दिए । नेपाली कांग्रेका पार्टी सचिव भगत सिंह खड्काले प्रजातन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएको उल्लेख गर्दै भने–‘ यसलाई कायम राख्न र थप सुन्दरता थप्न सबै राजनैतिक दलका सहयात्रीहरु आ–आफ्नो ईमान्दार भुमिका प्रति सजग र प्रतिबद्ध छौं । ’
माओवादी केन्द्रकी नेतृ विनिता रोक्क पोखरेलले पनि निर्वाचन कम ख खर्चिलो बनाउन जोड दिदै निर्वाचनको वैद्यतालाई पुरा गर्न राजनैतिक दलहरुको ईमान्दारितालाई ब्यबहारिक रुपमै निभाउनु् पर्नेमा जोड दिईन् । कार्यक्रमको अध्यक्षतमा गरेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरोकारवालाहरु ऋा–आफ्नो भुमिका निर्वाह गरि एकताबद्ध भई निर्वाचनलाई स्वच्छ, स्वन्त्र र निष्पक्ष बनाउन सामुहिक प्रण गर्न अपिल गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नेता घनश्याम पाण्डे, नागरिक समाजका अगुवा गुणानिधी शर्मा, गैह्र सरकार महांघका अध्यक्ष बिष्णुप्रसाद पाण्डे, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईस्वरीप्रसाद पौड्याल , चेम्वरअफ कमर्संको प्रतिनिधी रेमलाल पाण्डे लगायतले पनि धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण गरिरहेकी जिल्ला निर्वाचन अधिकृत माया कुँवरले भोली फागनु ७ गते छैठौं निर्वाचन दिवस विविध कार्यक्रका साथ मनाउन लागिएको जानकारी दिईन् ।
उनका अनुसार त्यसको पुर्व सन्ध्यामा कार्यालय सरसफाई , अन्तरकृया कार्यक्रम गरिएको र भोली मनाईने निर्वाचन दिवसमा विविध कार्यक्रम गरिदैछ । त्यस अवसरमा जिल्ला निर्वाचन कार्यालयका निकै पुराना कार्यालय सहयोगी बिष्णुप्रसाद गौतमलाई उत्कृष्ट कर्माचारीका रुपमा नगद पुरस्कार सहित सम्मान गर्न लागिएको छ । निर्वाचन दिवस २०७३ साल फागुन ७ गते देखि मनाउन लागिएको निर्वाचन अधिकृत कुँवरले जानकारी दिईन ।
प्रतिक्रिया