ताजा अपडेट »

अर्घाखाँचीमा कार दुर्घटना हुदाँ तीन जनाको मृत्यु

बुधबार, २० कार्तिक २०७६

कार्तिक २०,
ग्लोबल आवाज

अर्घाखाँची । अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने अन्य दुई जना घाइते भएका छन । सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुदाँ २ जना पुरुष १ जना महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुने तीनै जनाकोे पहिचान हुन सकेको छैन । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै थियो ।