काठमाण्डौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले सस्तैमा तीन विकेट गुमाइसकेको छ ।
नेपालले तेस्रो विकेटको रूपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाउन पुग्यो । १५ बलको सामना गरेका मल्ल १५ रन बनाएरै आउट भए । मल्ललार्य फेज बटले बोल्ड गरेका हुन् । त्यसअघि, नेपालले आसिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमा गुमाइसकेको छ । टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म ७ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् ।
प्रतिक्रिया