ताजा अपडेट »

अर्जुन कुर्मि नेकपा समाजवादीमा प्रवेश

बुधबार, ०४ फागुन २०७८

भैरहवा । लुुम्बिनीका युवा अर्जुन कुर्मि नेकपा एमाले परित्याग गरि नेकपा समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीको केन्द्रिय पार्टी कार्यालयमा एक कार्यक्रमका बिच नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लुम्बिनी प्रदेश संयोजक मेटमणि चौधरीले कुर्मिलाई समाजवादीमा प्रवेश गराएका हुन् ।

नेकपा एमालले मधेशीलाई भोट बैंकको रुपमा मात्र हेरेको र आसेपासेलाई पोस्ने मात्र काम गरेको कारण उनले पार्टी छोडेको बताए । “एमालेमा घमण्डीहरु मात्र छन्, मधेशमा राजनिति गर्ने एमालले मधेशी जनतालाई भोट बैंकको रुपमा मात्र हेरेको छ ।” कुर्मिले भने बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध कुर्मि केही समय अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले थोरै दिनमा पनि एमालेको चरित्र हेरेर सो पार्टीमा बस्न उपयुक्त नदेखेर नेकपा समाजवादी रोजेको बताए ।