बुटवल । एमसीसीको विरोधमा ६ दलिय मोर्चाले बुधबार आह्वान नेपाल बन्द खुलेको छ । बन्द साँझ बजेबाट खुलेको हो । बन्द खुलेसँगै बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छन् ।
मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बुटवलमा आंशिक परेको थियो । प्रहरीले बन्द गराउँदै हिड्ने कार्यकर्तालाई बुटवलसहित देशका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका थिए ।
प्रतिक्रिया