ताजा अपडेट »

एमसीसीबारे अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक

बुधबार, ०४ फागुन २०७८

काठमाडौं । बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डका सचिवालयले बिहीबार दिउँसो ३ गते सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।

बुधबार माओवादी संसदीय दलको बैठक सकेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।