ताजा अपडेट »

बन्दले पाेखरा सुनसान, बन्दकर्ताले गरे गाडी ताेडफाेड

बुधबार, ०४ फागुन २०७८

पोखरा। एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ। बन्दका कारण नगरबसहरु चलेका छैनन्। लामो दूरीका गाडीसमेत छुटाउन नसकिएको पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।

कहाँ के हुन्छ थाहा छैन। रिस्क लिएर चलाउन सकिएन, उनले भने। पोखरामा निजी गाडीहरु अलिअलि चलेका छन्। मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। बन्दकर्ताले टायर बालेर बन्दलाई कडा बनाएका छन् ।कास्कीमा अप्रिय घटना नभएको र सुरक्षा ब्यवस्था कडा बनाएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।

लेखनाथमा बन्दकर्ताले बिहान सूर्य नेपालको गाडी तोडफोड गरेका थिए। शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिएर राखेको प्रहरीले जनाएको छ ।