कार्तिक १९,
ग्लोबल आवाज
काठमाडौँ । रौतहट बमकाण्डका आरोपी मोहम्मद अफताव आलमसँगको आजको बयान सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भएको हो ।आज आलमको बयानका लागि विहानै अदालत लगिएको भए पनि आलमका पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी माग गरेपछि बयान ढिलो मात्रै शुरु भएको थियो । मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । उनको बाँकी बयान भोलि हुनेछ ।
प्रतिक्रिया