ताजा अपडेट »

भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन

बुधबार, ०४ फागुन २०७८

नयाँ दिल्ली । भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ ।  आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए । उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो । तत्काल उनलाई अस्पताल पु-याइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन् । -एजेन्सी