काठमाडौँ। नेपाली काँग्रेसले दुई संस्थागत निर्णय गरी अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट पारित गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको नेका संसदीय दलको बैठक र माघ २७ गते सुरु भएर मङ्गलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सरकारको निर्णयअनुसार एमसीसी संसद्मा प्रस्तुत गरी अनुमोदन गर्ने निर्णय गरिएको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा यथाशीघ्र प्रस्तुत गरी अनुमोदन गर्नुपर्ने निर्णय काँग्रेसले गरेको छ ।
तत्कालीन नेकपा (माओवादी) नेतृत्वको सरकारको पालामा नेपाल एमसीसी थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको थियो । त्यसपछि विभिन्न चरण पार गर्दै ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी संसद्मा दर्ता गरेको थियो ।
मुख्यसचिव पौडेलले व्यक्तिगत र पार्टीगत राजनीतिक स्वार्थका लागि राष्ट्रिय सरोकारका विषयमा सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को धारणा राख्ने प्रवृत्ति गलत हुने उल्लेख गर्दै यसले राष्ट्रिय हित, परराष्ट्र नीति, हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता र कूटनीतिक शाखलाई नै कमजोर बनाउने निष्कर्ष बैठकले निकालेको बताए।
प्रतिक्रिया