बुटवल । बुटवल उपमहानगपालिकाले मँगलबार आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा बोल्दै प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले ऐतिहासिक, प्राचीन र पर्यटकीय केन्द्रको रुपमा बुटवललाई समृद्ध बनाउने योजनाहरु अघि बढेको भन्दै खुशी व्यक्त गरे ।
उपमहानगरमा भौतिक पुर्वाधारको विकासका साथै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत योगदानका कामलाई प्राथमिकताका साथ अघि बढ्ने अपेक्षा व्यक्त गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैमा गौरवपूर्ण ईतिहास बोकेको शहर भएको भन्दै इतिहासलाई साक्षि राखेर विकासको कामलाई उत्कृष्ठता प्रदान गरिएको दाबी गरे । उपप्रमुख गुमादेवी आचार्यले लैगिंक हिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त, इलमयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउनेगरी काम गरिएको दाबी गरिन् । न
स्थापना दिवसमा विभिन्न व्यक्तिहरु सम्मानित
बुटवल उपमहानरपालिको स्थापना दिवसको अवसरमा १५ जना श्रमजीवी पत्रकारहरु नगद राशीसहित सम्मानित भएको छ । सम्मामनित हुने पत्रकार भरत केसी, प्रदिप आचार्य, भगवती पाण्डे, अमृता अनमोल, यानेन्द्र जिसी, सुमन अधिकारी, विक्रम खड्का, रामप्रसाद आचार्य, कृष्ण खनाल, मिना ढकाल, तेजेन्द्र केसी, मनिराम पन्त (मनिष), चन्द्रकान्त खनाल, दिनेश श्रेष्ठ र अस्मीना पाण्डे रहेका छन् । उनीहरुलाई नगद राशी १० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
उपमहानगरले बुटवलबाट सञ्चालन हुने विभिन्न छापा मिडिया, रेडियो, टेलिभिजन तथा अनलाईन मिडियाहरुलाई सम्मान गरेको छ ।
स्थानपना दिवसका अवसरमा उपमहानगरले सबैभन्दा बढि कर बुझाउने करदातालाई सम्मान गरेको छ । सम्पत्ती कर बढि बुझाउने विलासमोहन बाझांगथाने, ईश्वरी पाठक र मधुसुदनलाल श्रेष्ठलाई व्यक्तिततर्फ र संस्थागत तर्फ नेपाल हाईड्रो एण्ड ईलेक्ट्रीक लिमिटिड, एभरेष्ट बोडीङ्ग स्कुल प्रालि बुटवल, सुरपद्मा हाउजिङ्ग प्रालि बुटवललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ । यस्तै वाहल कर बढि बुझाउने मधुसुनदलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली÷मन्जु ज्ञवाली, कुसुमदेवी शाक्यलाई पनि सोही अवसरमा सम्मान गरिएको छ ।
प्रतिक्रिया