ताजा अपडेट »

थप ६८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मंगलबार, ०३ फागुन २०७८

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ४ हजार २५६ र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परिक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप १ हजार ८३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ ।