ताजा अपडेट »

उपनिर्वाचन : बागलुङमा नेकपाले खोल्यो वडा कार्यालय

मंगलबार, १९ कार्तिक २०७६

कार्तिक १९,
ग्लोबल आवाज

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले बडिगाड गाउँपालिका २, खर्वाङको वडा पार्टी कार्यालयको स्थापना गरिएको छ । आगामी मंसिर १४ गते हन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै सो कार्यालयको उद्घाटन समेत गरिएको हो । सो कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य प्रदिप खरेलले कार्यकर्तालाई निर्वाचनमा खटिन निर्देशन दिए ।

सोहि कार्यक्रममा नेकपाका जिल्ला कार्यदल सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले निर्वाचनमा खटिदा कम्युनिष्ट आचरण नविर्सन आग्रह गर्दै निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र कोहि कसैले गरे तत्काल उजुरी गर्ने गरि तयारी रहन निर्देशन दिए । निर्वाचन नजिकिए सँगै बडिगाड गाउँपालिका वडा नंं २ मा निर्वाचन केन्द्रित गतिविधिहरु बढेका छन् । नेकपाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनलाई उमेद्बारको रुपमा अगाडि ल्याएको छ भने नेपाली काग्रेसले वडा समितिका उपसभापति डिल बहादुर रानालाई चुनावी प्रतिश्पर्धामा उठाएको छ । उता राष्ट्रिय जनमोर्चाले ३ जनाको नाम सिफरिस गरेपनि अझै जिल्ला कमिटिले निर्णय गरेको छैन ।