ताजा अपडेट »

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

मंगलबार, ०३ फागुन २०७८

बुटवल । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोक(मिलनपार्क)मा  बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।