नेपालीमा एउटा उखान छ– जब भयो राति, तब बुढी ताती ! हो ठ्याक्कै यो उखान लागू हुन्छ, नेपाली राजनीतिमा पनि । जब–जब निर्वाचन आउँछ, तब नेता–कार्यकर्ताहरूले गाउँ तताउँछन्। नेपाली राजनीतिमा छुट्टै किसिमको तरङ्ग आउँछ। वर्षौसम्म हुन नसकेका विकासका कार्यक्रम फटाफट हुन थाल्दछन् ।
नेपाली राजनीतिमा जब जब चुनाव आउँछ तब नै नेपाली राजनीतिक आकाशमा एकैपटक भीषण वर्षा, असिना पानी पर्दछ । भन्नुको अर्थ– दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीको प्रचारप्रसार गर्न घरदैलोमा आउँछन् । अनि नातावाद, कृपावाद, तपाई मेरो काका, कार्की, दाजुभाइ, फुपु–फुपाजु, दिदीभिना, मामामाइजु, सालोसाली लगायतका सातपुस्ते नाता जोड्दै भोट माग्छन्, आफ्ना ती नेताहरूका लागि ! भोट मागेर विजयी पनि गराउँछन उनिहरुलाई विजयी गराई सकेपछि आफ्नो दुनो सोझाउन ती नातेदारहरुलाई सजिलो पनि हुन्छ । दुःख गरेर भोट मागे पछि दुनो सोझाउन सजिलो छ । किनकि त्यति नगरी उनीहरूलाई आफ्नो दुनो सोझ्याउन मुस्किल छ ।
छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, युरोपका मुलक पठाउनु छ । दाई,भाई, ज्वाइँ, ससुरा–सम्धी–सम्धिनीलाई, सालो–सालीलाई राजदूत, स्वकीय सचिव के के बनाउनु छ । केहीलाई कुनै न कुन निकायमा नियुक्ति दिनु छ । बाँकी रहेका नङ्ग्रे, फूले, ठूलेलाई भन–भन भाई हो, ठेक्कापट्टा देउ भन्दै ठेक्का हत्याउन लगाउनु छ ।
अरु आसेपासेलाई कुनै कार्यालयमा विधि, विधान र सिद्धान्तभन्दा बाहिरबाट सिधै कर्मचारी नियुक्ति गर्नु छ । केही न केही कोटामा आफ्नो मान्छेलाई घुसाउनु पर्ने छ आफ्ना आसेपासेलाई चाकडी प्रथा गरेकालाई घुसाउनु पनि छ ती नेताहरुलाई ससुरालि, माईति, मामाघर, दिदी भिनाजु आफ्ना साखा सन्तानलाई घुसाउन पनि छ नेताहरु चुनाबको बेला यति धेरै चासोको साथ आउछन कि उनिहरु सबै दुखका दिनहरु गए अब सुखका दिनहरु आउँछन मलाई भोट दिनुहोस म विकास गर्छु भन्छन् ।
कैयौं वर्ष पूरा नभएका बिकास नभएका विकास निर्माणका कार्यहरु चुनावको रापतापले फटाफट गर्न थाल्छन किनकि उनिहरुलाई जसरी पनि चुनाव जित्छु यति नगरेसम्म भोट पनि पाउँदिन भन्ने उनिहरुलाई ज्ञान छ । चौतारा , चियापसल ,किराना पसलमा ती नेताहरुको अनुहार देख्न सकिन्छ । वर्षौंसम्म नदेखिएको ती अनुहार चुनाबले गर्दा गाउँघर तिर देखिने गर्दछ । अरु समयमा गाउँ के भयो भनी एक पटक न नजाने नेताहरु चुनाबको बेला हरेक दिन जसो गाउमा सभा सम्लेन गरेर भ्रम पैदा गरेर चुनाव जित्ने रणनीति बनाउँछन्। नेताहरुका चाप्लुसी र गुणगान गाउने ती आफन्तहरु पनि पछि पर्दैन तिनीहरुको गुण्गान गाउनलाई लाज भन्ने कति पनि नमानी भोट मागि रहेका हुन्छन्।
चुनावको समयमा यतिधेरै चाप्लुसी गर्नु भन्दा विकास निर्माणका कार्यक्रमहरु समयमा गर्ने हो भनी त यति धेरै चाप्लुसी पनि गर्न पर्दैन कि ? अरु समयमा दुलो भित्र पसेको मुसो जस्तै गर्ने चुनाव आए पछि बाहिर निस्केर हुन्छ र पाखण्डी नेता ज्यूहरु ! तिमिहरुको आफ्नो परिवार बाहेक अरुलाई कहिले राम्रोसगँ कहिले चुनाव सकिए पछि कुरा गरेको छौ त ? आफ्नो परिवारलाई कहाँ पुर्यौ अमेरिका ,जापान ईत्यादि देशहरुमा पढ्न पठाएका छौं । विचरा गरिब जनताका छोराछोरीहरु आफ्नो पसिना खाडि मुलुक विदेशमा बेच्न बाध्य छन ।
ती पसिनाको मूल्य बेचेर आएको रेमिटेन्स खाएर बस्न लाज लाग्दैन ?कहिले ती गरिब परिवारलाई सोध्यौं त कस्तो छ हजुरलाई के समस्या छ भनेर नेताहरु ? चुनावमा मात्र चिल्लो घस्न गाउँ पस्ने गुलियो सपना अब नदेख्नु ? चुनावमा मात्र हैन अरु समयमा पनि ती गाउँलेहरु तिमिहरुको अनुहार देख्न पाउन ताकि आफ्नो समस्याहरु पनि सजिलै भन्न पाउन र समाधान पनि हुनपर्यो नेताहरु । अरु समय कहाँ बस्छौ ए नेताहरु चुनावको समयमा यतिधेरै किन आउँछांै ।
याद रहोस् नेताहरु पहिलेजस्तो गाउँले सोझा छैनन् । अहिले छल्न धेरै गार्हो छ । गाउँमा आउँदा ध्यान पुर्व आउनु जनताहरु धेरै रुष्ट भै सके अब कति छल्न सक्छौ र ? अब त चेतना पनि पसिसक्यो तिमीहरुलाई जिताएर काम छैन आफ्नो दुःख आफ्नो ठाउँमा छ । तिमीहरु केही लुतो लाउनेवाला छैनौं । नेताहरु अब तिमिहरु होसियारीपूर्वक आउन रुझेको बिरालोको जस्तो अनुहार लिएर गाउँमा आउँदा ‘के विकास भयो, खै ?’ भनेर प्रश्न गर्दा त्यो प्रश्न उत्तर भुइँतिर निहुरे उभिनुभन्दा सहज तरिकाले उत्तर दिन सक्ने भएर आउ। –लेखकका निजी विचार हुन् ।
प्रतिक्रिया