ताजा अपडेट »

करेन्ट लागेर रुपन्देहीकी २६ वर्षीया चमेलीको मृत्यु

सोमबार, ०२ फागुन २०७८

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चन गाउँपालिका–३ हरैयाकी २६ वर्षीया चमेली थापाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चमेलीलाई आइतबार साँझ आफ्नै घरमा पानी चलाउने नल्कामा जडान भएको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।