कार्तिक १९,
ग्लोबल आवाज
वुटबल । रुपन्देहीको त्तिलोतमा नगरपालिका वडा नं. १६ मा रहेको माहुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नोे सातौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न गरको छ । सभाले सहकारी ऐन २०७४ अनुसार आफ्नो बिधान संशोधन गरेको छ । साधारण सभामा प्रमुख अतिथि त्तिलोतमा नगरपालिकाकी उपमेयर जागैश्वरी चौधरीले सहकारीले नागरिकको स-सान रकमलाई जम्मा गरेर थोरै रकम भएपनि पनि जम्मा गर्ने बानीको बिकास गर्न सफल भएको बताइन् । साथै उनले त्तिलोतमा नगरपालिकामा रहेका सबै सहकारीलाई नगरबाट आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताइन् ।

सभामा विशिष्ट अतिथी जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत भुषालले सहकारी कम आम्दानी भएका मानिसलाई सानो सानो रकम जम्मा गरी आकस्मीक रुपमा आइपर्ने आर्थिक समाधान गर्नका लागि सजिलो हुने बताए । सहकारीका अध्यक्ष भिमलाल भुषालले माहुरी बचत तथा ऋण सहकारी आग्रमी दिनमा अझै थप व्यवस्थीत तरीकाले अगाडि बढ्ने बताउँदै सम्पूर्ण नागरिकको हितमा जनमैत्री क्षेत्रमा लगानी गर्ने बताए । साधारण सभामा सहकारीका अध्यक्ष भिमलाल भुषालले अध्यक्षको प्रतिबेदन र लेखा संयोजक क्षेत्र बहादुर कार्कीले लेखासम्बन्धी प्रतिवेदन प्रेश गरेका थिए । सहकारीमा ७७५ जना सदस्य रहेका छन ।
प्रतिक्रिया