ताजा अपडेट »

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

आइतबार, ०१ फागुन २०७८

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ।

सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नी प्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो । 

एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछन् । एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध दिउसो एक बजे विरोध प्रदर्शन गर्दैछन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।

एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिन एकीकृत समाजवादीले जनाएको छ ।