ताजा अपडेट »

विद्यालयको जग्गा भाडामा लिएर केरा खेती

मंगलबार, १९ कार्तिक २०७६

कार्तिक १९,
ग्लोबल आवाज

कैलालि । विद्यालयको जग्गा ठेक्कामा लिएर तीनवर्ष देखि केरा खेती गर्दै आउनु भएकी कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का मालती बिकले राम्रो आम्दानी गर्न सफल भएकी छिन् । जिल्ला विकास समन्वय समिति कैलालीका सदस्य समेत रहेकी बिक यतिबेला घोडाघोडी नगरपालिका – ८ तारानगरमा रहेको केरा बारीमा व्यस्त छिन् । मालतीको बारीमा केही बोटमा केरा फल्न थालेका छन् , केही पसाउँदै छन् ,केही सानै छन् । तयार भएको केरा निकालेर नजिकै रहेको गोदाममा अटोमा लगेर राख्ने मालतीले बताइन् । उनले राष्ट्रिय माध्यामिक विद्यालय तारानगरको १० बिगाह जमिन ठेक्कामा लिएर केरा खेतीगर्न थालेको तीन बर्ष भयो ।

जनप्रतिनिधिको रुपमा वडा नम्बर १ बाट वडा सदस्यमा चुनाव जितेकी बिक,जिल्ला समन्वय समिति सदस्यमा मनोनित भए पछि उनले राजनीति र केरा खेतीब्यवसायलाई संगसंगै अगाडि बढाएकी हुन् । २०७३ सालमा पाँच बिगाह मात्र जग्गामा केरा खेती गर्नु भएक उहाँँले आम्दानी राम्रो भएपछि जग्गा बढाएर १० विगाहामा खेती गरेको बताइन् । वार्षिक ३ लाख ५० हजार जग्गा भाडा बुझादै आएकी उनले केरा खेतीका लागि सवैभन्दा चुनौतीको रुपमा गोब्रेकीरा रहेको बताइन् । शुरुको बर्ष एक लाख ५० हजार फाइदा गरेकी उनले दोस्रो बर्ष दुई लाख ५० हजार फाईदा भएको बताइन् । २०७५ सालमा भने उनले बारीमा गोब्रेकीराले आक्रमण गरेपछि फाईदा लिन पाइन्न । यो बर्ष भने उत्पादन राम्रै हुने आशा गर्नुभएको छ । ‘बजारको समस्या छैन व्यापारी केरा लिन बारीमै आउँछन,सजिलोका लागि गोदाममा राखेर दिने व्यवस्था गरेको छु’ मालतीले बताइन । उनले बारीमा उत्पादन भएको केरा ३ सय देखि ३ सय ५० घरीका दरले बिक्री हुने गरेको बातइन् ।

आर्थिक बर्ष २०७४।०७५ मा नगरपालिकाबाट तीन लाख अनुदान सहयोग पाएको बताउँदै मालतीले पाँच बिगाह केरा खेतीमा थोपा सिंचाई प्रविधि जडान गरेको बातइने । थोपा सिंचाई जोडे पछि केरामा कुनै रोगपनि नलागेको र बोटपनि राम्रो हुँदै गएको छ । मालतीले यो बर्ष पाँच लाख फाईदा लिने अनुमानगरेकी छिन् । दुई जना रेखदेख का लागि मानिस राखेको बताउँदै मालतीले रोग नलागे केराखेतीबाट राम्रै फाईदा हुने बातइन् । उनले विलियन र जिनाईन जातका दश हजार बोट केराका बोट टीकापुरवाट ल्याई खेती शुरु गर्नु गरेकी थिइन् । ‘केरा खेती बहुवर्षीय भएकाले लागत कममा धेरै आम्दानी गर्न सकिने खेती हो’ घोडाघोडी नगरपालिका कृिषशाखा प्रमुख जनक सिंह धामीले भनिन । कैलाली केरा खेतीकालागि उपयुक्त क्षेत्र रहेको समेत प्रमुख धामीले बातइन् ।- गोरखापत्र अनलाइन