ताजा अपडेट »

एकिकृत समाजवादीले एमसिसि विरुद्ध भोलि बुुटवलमा विरोध प्रदर्शन गर्ने

शनिबार, २९ माघ २०७८


बुटवल । एमसिसि परियोजना विरुद्ध नेकपा एकिकृत समाजवादी रुपन्देहीको आह्वानमा जनबर्गिय मोर्चाहरुले आईतबार दिउँसो बुुटवलमा विरोध प्रदर्शन गर्ने भएका छन ।

समाजवादीको केन्द्रीय कार्यक्रम अनुसार आईतबार दिउँसो ३ बजे बुुटवल ट्राफिकचौकमा विरोध प्रदर्शन गर्न लागेको सो पार्टीले जनाएको छ । एमसिसि परियोजना राष्ट्रहित विपरित रहेको भन्दै खारेजका लागि जनदवाब दिने उदेश्यले प्रदर्शन गर्न लागेको नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजुु गुरुङले बताए ।

उनले अमेरिकाले सहयोग दिने नाममा नेपाललाई रणनैतिक रुपमा प्रयोग गर्न खोजेको भन्दै एमसिसि खारेज गर्नुपर्ने बताए । स्वाधिनता र राष्ट्रियता पक्षधर सबैलाई विरोध प्रर्दशनमा भाग लिन समेत अध्यक्ष गुरुङको आग्रह छ । एमसिसि खारेजको माग सहितका प्लेकार्ड सहितको विरोध प्रदर्शनपछि कोणसभा गरिने जिल्ला सचिव अविराम विकले जानकारी दिए । कार्यक्रममा केन्द्रीय नेता, मोर्चाका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।