ताजा अपडेट »

इजरायलमाथि रकेटको वर्षा गराउने हमासको चेतावनी

मंगलबार, १९ कार्तिक २०७६

कार्तिक १९,
ग्लोबल आवाज

काठमाडौँ । प्यालेस्टिनी लडाकु संगठन हमासका नेताले इजरायलमाथि रकेटको वर्षा गराउने चेतावनी दिएका छन् । हमासका नेता याया सिन्वारलेले सोमबार सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘गाजा पट्टीमा हाम्रा लडाकु छन्, हामीले सैयौं किलोमिटर लामा सुरुङमार्ग बनाएका छौं, जमीनमुनि र जमीनमाथि कैयौं कन्ट्रोल रुम छन्’, सिन्वारले भने, ‘हामीसँग हजारौं प्रति ट्यांक क्षेप्यास्त्र र मोर्टार छन् ।’‘यदि दुश्मनले हामीमाथि हमला गरेमा उनीहरुका शहरलाई ध्वस्त बनाइदिने छौं’, सिन्वारले थपे । यदि इजरायलले आफूहरुमाथि हमला गरेको अवस्थामा इजरायलमाथि रकेटको वर्षा गराउने उनको भनाइ छ । हमासले शुक्रबार मात्रै गाजा पट्टीबाट इजरायलमा रकेट हमला गरेको थियो ।-एजेन्सी