काठमाडौँ। सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज (शनिबार) छलफल हुने भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।
आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ। अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ। तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ ।
काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ। सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
अमेरीकाले एमसीसीबारे भ्रष्टाचार र बाह्य प्रभावले नेपालको निर्णयलाई प्रभावित पारे त्यो चिन्ताजनक हुने चेतावनी दिएको छ। सथै नेपाली जनताको लागी निकै ठुलो क्षती हुने पनी बताउदै आएको छ ।
प्रतिक्रिया