ताजा अपडेट »

उड्डयन प्राधिकरणका उपनिर्देशक बजगाईँलाई सेवाबाट हटाउने चेतावनी

शनिबार, २९ माघ २०७८

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिन भित्र सफाइ पेश गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।

सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईँलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । बजगाईँलाई स्पष्टिकरण पेश गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे । 

त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टिकरण माग गरिएको थियो । उनले लामाे समयसम्म जवाफ पेश नगरेपछि सरकारले कारबाहीकाे प्रक्रिया अगाडि बढाएकाे हाे ।