बुटवल । बुटवलको फुलवारी नजिक स्कार्पियो दुर्घटना भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतीय नम्बरको CG.15.B.0846 नम्बरको स्कार्पियो अनियन्त्रित भएर पल्टिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी एक जना महिला घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाणले बताए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रवक्ता खाणले बताए । घाइते महिलाको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया