कार्तिक १९,
ग्लोबल आवाज
बुटवल । स्व. ज्ञान बहादुर गुरुङको स्मृतिमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १० मा आजदेखि चौथो सयपत्री गोल्डकप शुरु हुदैछ । बुटवल १० रामनगरको खेल मैदानमा हुने खेलको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
खेलकुदको विकास र युवा खेलाडीको उत्पादनको लक्ष्यसहित वि सं २०४८ सालमा स्थापना भएको सयपत्री युवाक्लव केही बर्षको अन्तरालपछि यहि कार्तिक १९ गतेबाट चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुन लागेको सयपत्री युवा क्लवका अध्यक्ष कमल रानाले बताए ।प्रतियोगितामा आयोजक सयपत्री युवाक्लव सहित नवलपरासी ११, पाल्पा ११, फर्सा्टिकर यृवाक्लव, पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्याईज रहजर, सुनौलो संगम युवाक्लव देविनगर, लिस्नु युवाक्लव कोटिहवा, चितवन११, स्रिम्रिक युवाक्लव कालिकानगर, सिद्धार्थ युवाक्लव बासगढी, भैरव देशभक्त युवाक्लव नवलपरासी गरी १२ टिमको सहभागिता रहेको समेत क्लबका अध्यक्ष रानाले बताए । प्रतियोगितामा विजेता हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैया सहित कप, मेडल प्रमाणपत्र प्रप्त गर्नेछन भने उपविजेता हुने टिमले पनि १ लाख १ हजार १ सय ११ रुपैया सहित कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगितामा सर्वोत्कृष्ट एक जना खेलाडिलाइ नगद १० हजार रुपैयाँ सहित मेडल ट्रफीबाट पुरस्कृत गरिने आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागी १५ लाख खर्च हुने आयोजकले बताएको छ । करीब ३ हजार दर्शकले एकैपटक खेलको अवलोकन गर्न मिल्ने गरी प्याराफिटको निमार्ण गरिएको अध्यक्ष रानाले बताए । खेल अवलोकनमा वृद्धवृद्धा, महिला, असक्त, बालबालिका र स्थानीय रामनगरवासीको लागी भने कुनै शुल्क लाग्ने छैन । प्रतियोगितको एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नेछन् । आजकोे उद्घाटन खेल आयोजक सयपत्री युवाक्लव र नवलपरासी ११ बीच दिनको ३ बजे सुरुहुनेछ । खेल कार्तिक ३० गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया