कार्तिक १९,
ग्लोबल आवाज
काठमाडौँ । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार बिहान एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो। सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्तलाई नियुक्त गरेको छ।
प्रतिक्रिया