कुनैपनि देश प्रगतिको हिसावले कति अगाडि बढेको छ भन्ने कुरा बुझ्नलाई त्यस देशले शिक्षा क्षेत्र र त्यसमा विज्ञान तथा प्रविधि क्षेत्रमा गरेको प्रगतिलाई नियाले पुग्छ । आजभन्दा २०-२५ वर्ष अगाडि नेपाल भन्दा गरिब र कम आयस्रोत भएका राष्ट्रहरु पनि आज विज्ञान र प्रविधिसंगै हरेक क्षेत्रलाई वैज्ञानिकीकरण गरी लागि रहेका छन् र समृद्धिको हिसाबले धेरै अगाडि बढेका छन् । अहिलेको युग त nanotechnology सित जोडिएको Digital Technology को समय हो, जहाँ पहिले धेरै समय खपत हुने कामहरु क्षण भरमै फत्ते हुन सक्छन ।
हुन त नेपालमा शिक्षको विकाससंगै विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि केही प्रगति नभएका होइनन् । अहिलेपनि विद्यालय तह कक्षा १२ मा परीक्षा दिने विद्यार्थीहरु मध्ये करिब ( २० – २५ प्रतिशत) ले विज्ञान विषय लिएर पढेका हुन्छन्। जसमा धेरैजसो उत्तिर्ण पनि हुन्छन् । त्यसपछि कुरा हुन्छ, उच्च शिक्षाको अनि शुरु हुन्छ विदेश पलायन को यात्रा । करण के हो त भन्दा एकातिर उसले यहाँ बसेर अगाडि पढ्दा आफ्नो भविष्य सुरक्षित देख्दैन् । अनि सिमित संख्यामा मात्र विद्यार्थी ले सरकारी छात्रवृतिमा पढ्न पाउँछन् ।
हुन त निजी विश्वविद्यालय र कलेजहरु प्नि छन् तर त्यहाँ अध्ययन गर्ने कुरा धेरैजसको आर्थिक पहँुचमा छैन । अहिलेसम्म देशमा दर्जन भन्दा बढी विश्वविद्यालय तथा अध्ययन संघसंस्था एवम् प्रतिष्ठानहरु छन् । जसले प्रविधिक क्षेत्रमा हजारौ विद्यार्थीहरु उत्पादन गर्छनर तर तीनको लागि जागिर सुनिश्चित र भरपर्दा आशा देखाउन नसक्दा विदेश पलायनलाई रोक्न सकिएको छैन । शिक्षा क्षेत्रमा काम गर्नको लागि देशमा शिक्षा, प्रविधि त विज्ञान तथा प्रविधि मन्त्रलाय छ अनि प्रदेशमा सामाजिक विकास मन्त्रालय ले काम गरिरहेको छन् । तर शिक्षा सम्बन्धी ऐनहरु समयमा पुनरावलोकन भएका छैनन्। नीति नियम भए पनि राम्रोसंग समन्वय नहुनु जस्ता कारणले गर्दा पढाइमा अव्बल तर आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुले अवसर पाउन नसकेको अवस्था छ ।
यति हुँदाहुँदै पनि आफ्नो क्षमता र संघर्षले विज्ञान तथा प्रविधि क्षेत्रमा देशकै लागि योग्दान पुर्याएका पनि छन् । जसले देशको शिर उच्च पारेको छन् । देशको वैज्ञानिकको बारेमा कुरा गर्दा हामीले गेहेन्द्र्र शमसेरको नाम भुल्नु हुँदैन । जसलाई नेपालको पहिलो वैज्ञानिक पनि भन्निछ । उनले नेपालमा मेसिन गन बनाउने देखि बिजुली उत्पादन गर्ने कार्य को शुरुवात गरेको थिए । नेपाली वैज्ञानिकको नाम लिँदा छुटाउन नहुने नाम हो महाविर पुन, जसले दुर्गम क्षेत्रमा इन्टरनेट सेवा स्तिार गरी एशियाको नोवेल पुरस्कार भनेर चिनिने Raymond Magsaysay Award पाउन सफल भए ।
उनले सन् २०१२ मा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले अहिले थुप्रै युवालाई संलग्न गराई युवा वैज्ञानिक उत्पादन गर्दैछ । उनले आविस्कार केन्द्रलाई सक्षम रुपमा अगाडि बढाउनका लागि 10 MW को हाइड्रोपावर निर्माण गर्ने योजना पनि अघि सारेका छन् । नेपालको पहिलो महिला वैज्ञानिकको रुपमा शुसिला मर्हजनलाई लिने गरिन्छ । जसले Chemistiry / Medicine को फिल्डमा काम गरिराखेकी छिन् । नेपालको तर्फबाट पहिलो महिला वैज्ञानिक इन्टरनेश्नल साइन्टिफिक अवार्ड पनि जितेकी छन् । यसको अलावा onology मा विशेषता हासिल गरेको डा. विशााल शवाली हुन् वा ओपन हर्ट सर्जरीमा काम गर्ने वरिष्ठ चिकित्सक डा. भगवान कोइराला हुन्, । यही माटोमै हुर्केका बढी विश्वविख्यात हुन सकेको केही उदाहरण हरु हुन् ।
यति मात्र होइन कि अहिलेसम्म Radiolvidco Signal र Communication को लागि विदेशी स्याटेलाइटको भर पर्न परिरहेको नेपालले सन् 2019, April 18 मा नेपालकै Mono- Satellite ( Nepalisat ) लाई अन्तरीक्षमा पु¥याइयो । यसलाई निर्माण गर्ने काम दुई जना नेपाली वैज्ञानिकहरुआभाष मास्के र हरिराम श्रेष्ठ ले गरे जो Kyushu institute of technology, Japan संग आएका थिए । यो Satellite ले केही जानकारीहरु पठाउन सफल पनि भयो भने अब नेपालले उक्त प्रयोजनको लागि अन्तरीक्षमा राख्दै छ । हामीले यहाँ जति वैज्ञानिक आविष्कारहरु कुरा गर्यौं यसमा नेपाली वैज्ञानिक पनि समावेश छन् ।
तर दुःखको कुराहरु यी सबै आविष्कार र रिसर्चका कुराहरु गर्दा बसेर गर्न सम्भव भएको भए ? सायद धेरै नेपाली को पैसा जोगिन्थ्यो, धेरै लाई जागिरको अवसर सिर्जना हुने थियो । हुन त NASTT ( The Nepalese National Academy of Science and Technology ) ले “फर्क हे फर्क वैज्ञानिक” भन्ने कार्यक्रम अघि सारेर विदेशमा पढ्न गएर उतै भुलेका नेपाली वैज्ञानिकहरु लाई नेपालमा फर्काउन प्रयाास गरेको छ, । रिसर्च फिल्डमा लागेर जिकिोपार्जनको सुनिश्चितता र सम्भावनाहरु देखेर धेरै वैज्ञानिकहरु यसमा आकार्षित हुन सकेका छैनन् ।
अहिले नेपालमा खोज अनुसन्धात्मक कार्यको लागि मुख्यत निम्न लिखित संस्था हरुले काम गरिरहेका छन् ।
आखिर नेपालमा अहिले आएर विज्ञान तथा प्रविधिको क्षेत्रमा केही प्रगति देखिए पनि व्यस्ता धेरै छन् जसले यो क्षेत्रलाई सोचे आगाडि वढ्न सकेको छैन् । कारणहरु मध्येको प्रमुख कारण त विज्ञान तथा नपाल सरकारको वार्षिक बजेट र कार्यकक्रममै यो सबैभन्दा कम प्राथमिकता पर्ने गर्छन् । यसको अलावा योजना बन्ने तर, त्यसको लागू नहुने, स्रोत साधनको अभावले गर्दा यस क्षेत्रमा इच्छा राख्ने धेरै युवा बाहिरिन्छन र वाहिरि मध्ये आधा भन्दा धेरै र्फकेर आउँदैनन् पनि । यसको साथै यस क्षेत्रमा ध्यान लगाएर काम गर्ने जनशक्तिको लागि तलब र सुविधा अत्यन्तै कम छ। जसले गर्दा यही बसेर प्रविधिको क्षेत्रमा काम गर्न युवा पुस्ता सजिलै अगाडि बढ्न सक्दैन।
साथै विद्यालय तहमा अझेै पनि विज्ञान तथा प्रविधितर्फ जाने इच्छा राख्ने विद्यार्थीहरुलाई छुट्टै समूह बनाई पढाउने र सोही अनुसार विषयवस्तु दिने खाल हो पाठ्यक्रम बन्न सकेको छैन र वनेको केही पनि परीक्षणकै क्रममा छन् । अनि कक्षा ११/ १२ तथा माथिल्लो तहमा विज्ञान विषय प्रशस्त प्रयोगात्मक काममा समावेश गराउन नसक्दा उनीहरुको यसप्रतिको विश्वास र आकर्षण पनि घट्दो गतिमा गएको छ । पछिल्लो समयमा त के देखिने लागेको छत जनतन किसान विषयमा स्नाकोत्तर ( M.Sc ) गरेको विद्यार्थी कित शिक्षक पेशातर्फ वा लोकसेवा परीक्षातर्फ आकार्षित हुनुपर्ने अवस्थाले गर्दा पनि प्रविधिक विषयका खोज अनुगात्मक तह तर्फका कार्यहरु हुने गरेको देखिन्छ ।
निष्कर्षमा विज्ञान तथा प्रविधि क्षेत्रलाई अगाडि बढाउनको लागि सरकारको शैक्षिक नियम कानूनमा युग अनुसार परिवर्तन गर्नुपर्छ । यसका कारणले नेपाली क्षमतावान युवा स्वदेश मै योगदान गर्न नपाएर विदिशिन नपरोस् । उसको त्यो क्षमता र विद्यता लाई विदेशी राष्ट्रले आफ्नो समाज र देश निर्माण मा उपयोग गरि रहेको वर्तमान तितो सत्यमा सकारात्मक गति दिने खालको सरकारी नीतिको आवश्यकता देशमा रहेको छ।
प्रतिक्रिया