ताजा अपडेट »

बढ्यो सुनको मूल्य

शुक्रबार, २८ माघ २०७८

काठमाडौ । नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाकाे ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।